कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने

नौलो समाचार संवाददाता
२०८० मंसिर २, शनिबार मा प्रकाशित १२५१ पटक पढिएको
कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने

बनेपा \ नेपाली कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गर्ने भएको छ ।

शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीका अग्रज नेता, जिल्लाका पूर्व पदाधिकारी, जिल्ला सदस्यहरु, २०४९ र २०५४ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित तत्कालिन गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष, इलाका सदस्यहरुसंग मंसिर १६ गते शनिवार धुलिखेल नगरपालिकाको सभाहलमा कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।

कार्यक्रममा १४ औं महाधिवेशनमा निर्वाचित महासमिति सदस्य, महाधिवेशन प्रतिनिधीका साथै १४ महाधिवेशनमा विभिन्न पदका प्रत्यासीहरु, भातृ तथा शुभेच्छुक संस्थाहरु समेत सहभागी हुनेछन् ।

‘काभ्रे कांग्रेस कसरी अघि बढ्ने’ भन्ने बिषयमा अग्रजहरुको सुझाव र मार्गनिर्देशन लिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । पार्टी संगठन जागरुक बनाउन कार्यक्रम फलदायी हुने उनले विश्वास लिए । कार्यक्रम पश्चात संगठन सुदृढिकरणको लागि टोलतहसम्म गतिविधीका साथै प्रशिक्षण चलाउने पनि लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस