सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एभरग्रिनलाई

नौलो समाचार संवाददाता
२०८० मंसिर १०, आईतबार मा प्रकाशित १९० पटक पढिएको
सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एभरग्रिनलाई

फुलबारी\ नमोबुद्ध–१, फूलबारीमा भएको प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी नमोबुद्ध वडा नं २ को एभरग्रिन फुटबल क्लबले जितेको छ ।

फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा भएको प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा धुलिखेल–११ को सि.के.एस फुलबारीलाई १–० ले हराउँदै एभरग्रिनले उपाधी जितेको हो ।

खेलको दोस्रो हाफमा एभरग्रिनका रमेश तामाङले गरेको गोल नै निर्णायक भयो ।

विजेता एभरग्रिनले १ लाख १ हजार १ सय ११ र उपविजेता सि.के.एस फुलबारीले ४० हजार ४ सय ४४ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । सि.के.एस फुलबारीका सुमित गुरुङ उत्कृष्ट घोषित भए । उत्कृष्ट गोलरक्षक फुलबारी युथ क्लव (बि) का सचिन श्रेष्ठ र सर्वाधिक गोलकर्ता नमोबुद्ध योङ ठग्सका युगेश श्रेष्ठ घोषित भए ।

विजेता, उपविजेता र खेलाडीहरुलाई बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले पुरस्कार वितरण गरेका थिए ।

नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा १९ टिमको सहभागिता थियो ।

नमोबुद्ध नगरपालिका वडा नं १ का अध्यक्ष प्रेमबहादुर तामाङको नेतृत्वमा वडा कार्यसमिति, स्थानीय युवाको सहयोग र समन्वयमा प्रतियोगिता सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस