स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान, ३१ जनाले गरे रक्तदान

नौलो समाचार संवाददाता
२०८० मंसिर १६, शनिबार मा प्रकाशित ४३२ पटक पढिएको

स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान, ३१ जनाले गरे रक्तदान

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरेको छ ।

स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा ३१ जनाल रक्तदान गरेका हुन् ।

नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधी, शिक्षक, विद्यार्थी लगायतले रक्तदान गरेका थिए ।

नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले सबैलाई आभार प्रकट गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।






प्रतिक्रिया दिनुहोस