२९ औं संस्करणको आइजीपी कप फुटवल रनिंग ट्रफी बुधबारबाट

नौलो समाचार संवाददाता
२०८० मंसिर १८, सोमबार मा प्रकाशित ५३८ पटक पढिएको
२९ औं संस्करणको आइजीपी कप फुटवल रनिंग ट्रफी बुधबारबाट
फाइल तस्वीर ।

साँगा \ आइजीपी कप रनिंग ट्रफी फुटवल प्रतियोगिताको २९ औं संस्करण मंसिर २० गते बुधबारबाट नेपाल पुलिस स्कुल साँगा, काभ्रेको खेल मैदानमा हुने भएको छ ।

आयोजक पुलिस स्कुलका अनुसार, काभ्रे जिल्ला, उपत्यका र उपत्यका बाहिरका १६ विद्यालयका १७ टिम यो पटक उपाधीको लागि प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन खेल आयोजक नेपाल पुलिस स्कुल सागाँ र काठमाण्डौ विश्वविधालय हाइ स्कुल चौकोट विच हुनेछ ।

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिता पुष पहिलो सातासम्म चल्नेछ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस