नमोबुद्धका ख्रीष्टियान समुदायले मनाए क्रिसमस

नौलो समाचार संवाददाता
२०८० पौष ४, बुधबार मा प्रकाशित ४४९ पटक पढिएको
नमोबुद्धका ख्रीष्टियान समुदायले मनाए क्रिसमस

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाका ख्रीष्टियान समुदायले येशु जन्मेको अवसरमा मनाइने क्रिसमय हर्षोल्लासका साथ मनाएका छन् ।

नमोबुद्ध ख्रीष्टियान संघको आयोजनामा नमोबुद्ध नगर भित्र रहेका विभिन्न मण्डलीका पाष्टर, अगुवा र विश्वासीको सहभागितामा क्रिसमस मनाइएको हो ।

जीवनज्योती मण्डली भकुण्डेवेशीमा आयोजित कार्यक्रम अघि भकुण्डेवेशीको बजार क्षेत्र परिक्रममा गरी सांस्कृतिक प्रस्तुती भएको थियो ।

जीवनज्योती मण्डली भकुण्डेवेशीमा आयोजित कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले सबै धर्म समान भएको चर्चा गरे ।

नगर उपप्रमुख रत्नबहादुर लामाले सबै जात, धर्ममा मानिस एउटै मालाका फुलका थुंगा भएर बसेको बताए ।

नमोबुद्ध वडा नं ७ का अध्यक्ष धर्म सिंह लामाले धर्मले कुनै जात नभन्ने भन्दै हामी सबै नेपाली भएको तर्क गरे ।

नमोबुद्ध वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठले अरुलाई परिवर्तन गर्न आफै परिवर्तन हुनुपर्ने बताए ।

कार्यक्रममा पाष्टर बुद्ध घिसिङ, लिलबहादुर तामाङ, कान्छामान तामाङ, गोपाल नेपाली लगायतका वक्ताले इशाइ कुनै धर्म नभएको भन्दै आफूहरुले येशुको जीवन जिएको बताए ।

क्रिसमस कुनै पर्व नभएको तर्क गर्दै ख्रीष्टियान समुदायका अगुवाले येशु जन्मिएको खुशीयालीमा उत्सव मनाउने गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस