आइजीपी कप फुटवल प्रतियोगिताको उपाधी सैनिक महाविद्यालयलाई

नौलो समाचार संवाददाता
२०८० पौष ७, शनिबार मा प्रकाशित १४५ पटक पढिएको
आइजीपी कप फुटवल प्रतियोगिताको उपाधी सैनिक महाविद्यालयलाई

सागाँ / आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधी सैनिक आवसिय महाविधालय भक्तपुरले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा ल्याबरोटरि स्कुल किर्तिपुरलाई ट्राइब्रेकरमा ३–० ले हराउँदै सैनिक महाविद्यालयले उपाधी जितेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।

सेमिफाइनल खेलमा आयोजक नेपाल पुलिस स्कुल ’ए’ लाई १–० ले हराउँदै सैनिक र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस स्कुल धरानलाई २–१ गोल अन्तरले हराउँदैको ल्याब्रोटरी स्कुल फाइनल प्रवेश गरेका थिए । आयोजक नेपाल पुलिस स्कुल साँगा ‘ए’ टीम तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, द्वितीय हुने टीमले ४० हजार र तृतीय हुने टीमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा उपत्यका, काभ्रे र वाहिरी जिल्लाका १६ विद्यालयका १७ टीमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस