सहिदको स्मृतिमा बनेपामा रक्तदान

नौलो समाचार संवाददाता
२०८० पौष ८, आईतबार मा प्रकाशित २४५ पटक पढिएको
सहिदको स्मृतिमा बनेपामा रक्तदान

बनेपा / सहिद बासुदेव मुस्याजु र सहिद मुकेश कायस्थको स्मृतिमा नेपाल तरुण दलले रक्तदान आयोजना गरेको छ ।

तरुण दलका केन्द्रीय सदस्य सुधीर वैद्यको संयोजकत्वमा भएको रक्तदानमा १ सय पाँच जनाले रक्तदान गरेको केन्द्रीय सदस्य वैद्यले बताए ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, बनेपा हेल्थ केयर, जिवित फाउन्डेसन र स्मार्ट हेल्थ बनेपाको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा तीन सय भन्दा धेरै जनाको मधुमेह (सुगर) परीक्षण गरिएको बनेपा नगर सभापति बिबेक बैजुले जानकारी दिए ।

नेपाली काङ्ग्रेस काभ्रेको भातृ संस्था समन्वय शाखा प्रमुख रहेका जिल्ला सदस्य राम जोशी, बनेपा नगर सभापति महेशकुमार कर्मचार्य, रविन शाक्य लगायतले रक्तदातालाई प्रमाणपत्र प्रदान गरे । ।

कार्यक्रममा सहिद मुकेशका आमा मिरा कायस्थ र बासुदेव मुस्याजुको आमा रामकुमारीलाई सोहि अवसरमा वैद्यले सम्मान गरेका थिए ।

वैद्यको नेतृत्वमा तरुण दलले समय-समयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस