जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण : बाग्मती प्रदेश सभामुख पाठक

पुनः कमला विश्वकर्माकै अध्यक्षतामा कार्यसमिति चयन
नौलो समाचार संवाददाता
२०८० पौष ८, आईतबार मा प्रकाशित ७१२ पटक पढिएको
जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण :  बाग्मती प्रदेश सभामुख पाठक
सुवास दर्नाल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत सेतोपाटी डटकममा कार्यरत विनु सुवेदी

धुलिखेल\ बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले समाजमा जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण रहेको तर्क गरेका छन् ।

जागरण मिडिया सेन्टरको २४ आंै साधारणसभा तथा ८ औ अधिवेशन धुलिखेलमा उद्धघाटन गर्दै सभामुख पाठकले त्यस खाले विभेद कम गर्नको लागि सञ्चार क्षेत्रलाई कलम चलाउन अनुरोध गरे ।

बाग्मती प्रदेश सभामा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले परिवर्तनको आन्दोलनमा जागरण मिडिया सेन्टरले महत्वपूर्ण भूमिका खेलेको तर्क गरे ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य भुवनेश्वरी श्रेष्ठले उत्पीडित वर्गको मुद्धा उठाउन सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।

संविधान सभा सदस्य समेत रहेका मिडिया सेन्टरका सल्लाहकार विनोद पहाडीले २०७४ सालको निर्वाचनपछि दलित आन्दोलन चीर निद्रामा भएको तर्क गर्दै न्यायको लागि आन्दोलित हुनुपर्ने बताए ।

संविधान सभा सदस्य रहेकी जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले दलित माथि हुने विभेद मानवअधिकारको हनन भएको भन्दै त्यस्ता मुद्धा बाहिर ल्याउनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले जातीय मुद्धा भन्दा पनि दलितका सबाललाई सामाजिक मुद्धाकै रुपमा सञ्चार क्षेत्रले उठान गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल दलित संघका नेतृ मिरा नेपाली, पनौती नगरपालिकाको कार्यपालिका सदस्य चण्डिका परियार, नेपाल दलित मुक्ति मोर्चाका जिल्ला संयोजक दिपेन्द्र सुर्खेती, नेपाल उत्पीडित जातिय मुक्ति समाजका काभ्रे अध्यक्ष तेज नेपाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका सचिव सुरज श्रेष्ठ, जागरण मिडिया सेन्टरका बरिष्ठ उपाध्यक्ष मिलन परियार लगायतले दलित माथि हुने विभेद अन्त्यको लागि सञ्चार क्षेत्रले भूमिका खेल्न सक्ने तर्क गरे ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष सुवास दर्नालको स्मृतीमा स्थापना गरिएको १० हजार पुरस्कार राशीको सुवास दर्नाल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सेतोपाटी डटकममा कार्यरत विनु सुवेदी सम्मानित भइन् ।

अधिवेशनले पुनः कमला विश्वकर्माकै अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा दिनेश परियार, महासचिव विरबहादुर नेपाली, कोषाध्यक्ष जगलाल नेपाली र सदस्यमा रमेश वादी र भीम नेपाली छन् ।

सचिवसहित ३ सदस्य पछि मनोनित गर्ने सेन्टरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस