जनताको जीवनस्तर उठाउनु नै राजनितिको उद्देश्य : मन्त्री लामा

नौलो समाचार संवाददाता
२०८० पौष १५, आईतबार मा प्रकाशित २८५ पटक पढिएको
जनताको जीवनस्तर उठाउनु नै राजनितिको उद्देश्य : मन्त्री लामा

रोशी/ बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले जनताको जीवनस्तर उठेमात्रै राजनीति गरेको अर्थ हुने बताएका छन् ।

रोशि गाउँपालिका वडा नम्बर ६ को नवनिर्मित प्रशासकिय भवन उद्घाटन गर्दै मन्त्री लामाले उनले सो भेगका स्थानीयको शिक्षा, चेतनाको स्तर उठेको भन्दै आर्थिक समृद्धिको लागि जीवनस्तर उठाउनुपर्ने बताए ।

पोटाखोला हुँदै घट्टेखोला सम्मको सडक कालोपत्र तत्काल गर्ने भन्दै उनले सिपाली हुँदै जाने सडक पनि प्रदेश सरकारमार्फत स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरे । स्थानिय समेत रहेका उनले सो क्षेत्रका हरेक बिकासमा आफू साथ-साथै रहने प्रतिवद्दता जनाए ।

पुर्व मन्त्री रहेका नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सभाका मुख्य सचेतक रत्नप्रसाद ढकालले २०७४ सालको प्रदेश सभा निर्वाचनबाट आफू निर्वाचित भएदेखि नै आफुले वडा नम्बर ६ को बिकासका विभिन्न आयोजनामा बजेट बिनियोजन गराएको भन्दै पोटाखोला-घट्टेखोलाबाट सिपाली हुँदै महाभारत जाने सडक पनि आगामी बर्ष कालोपत्र गर्ने प्रतिवद्धता जनाए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले बिकास निर्माणको लागि सबै सरकार अग्रसर रहेको भन्दै वडामा भएको विकास उपभोग गर्न अनुरोध गरे ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले रोशी, तेमाल र नमोबुद्ध नगरपालिकाले बिकासका साझा प्रयास गर्न अन्तपालिका बैठकहरु गरिरहेको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले रोशीमा क्रमशः बिकास हुँदै गएको भन्दै अब आर्थिक स्थिति सुधारका लागि आयआर्जनका काममा पनि जोड दिनुपर्ने बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले चुनावमा गरेका प्रतिवद्धता क्रमशः पूरा गर्दै लगेको बताए । उनले सम्भावना नभएका कुराको प्रतिवद्दता नगरेको भन्दै उनले सबै क्षेत्रको बिकासको लागि पहल गरिरहेको बताए ।

धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगमले स्थानीय तह घरदैलोको सरकार रहेको भन्दै जनताको मन जित्ने गरि काम गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले भवन बन्दा हर्षोउल्लास भए जस्तै सेवा लिदा पनि त्यतीकै हर्षोल्लास होस भन्दै सेवा प्रभावकारी, सरल र सहज होस् भन्ने शुभकामना व्यक्त गरिन् ।

रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवाले अबको ३ बर्षमा सिपाली हुँदै डाडापारी छिचोल्ने बाटो कालोपत्र हुने अपेक्षा गरे ।

रोशि गाउँपालिकाका पुर्व उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले रोशीमा क्रमशः बिकास हुँदै गएको भन्दै अझै पहल र बिनियोजन गरिदिन अनुरोध गरिन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिती महासङ्घका अध्यक्ष गुणराज मोक्तान, रोशी गाउँपालिकाका प्रवक्ता बसन्तकुमार मोक्तान, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ, वडा नम्बर ६ का अध्यक्ष नारायणबहादुर शिवाकोटी, पुर्व अध्यक्ष पदमबहादुर लामा, वडा सदस्य मन्जु लामा लगायतले प्रशासनिक भवन बने संगै वडाबाट हुने सेवा गुणस्तरिय र प्रभावकारी हुने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा जग्गादाताहरु स्व. टेक बहादुर तामाङ, स्व. राम बहादुर तामाङको परिवारका साथै रत्न बहादुर तामाङ, मान बहादुर तामाङ, , धन बहादुर तामाङ, ज्ञान बहादुर तामाङ र २०७४ सालको स्थानीय तहमा निर्वाचित गाउँपालिका अध्यक्ष दलबहादुर (डि. बि) लामा, उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौला र वडा समितिका अध्यक्ष पदमबहादुर लामा, सदस्य नारायणबहादुर सिवाकोटी, राजु शाही, पन्चमाया तामाङ, नरमाया वि.कलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस