वृद्धाश्रमका आमा बुबासंग जन्मदिन मनाए बनेपा नगर प्रमुख शाक्यले

नौलो समाचार संवाददाता
२०८० पौष १६, सोमबार मा प्रकाशित १७४ पटक पढिएको
वृद्धाश्रमका आमा बुबासंग जन्मदिन मनाए बनेपा नगर प्रमुख शाक्यले

बनेपा \ बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्यले आफ्नो जन्मदिन वनेपा–९ स्थित बौद्ध बृद्धाश्रममा रहेका आमा बुबासंग मनाएका छन् ।

पत्नी मन्दिरा शाक्य, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई, बनेपा वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नं ९ का अध्यक्ष नृपेश बादे, वडा नं १४ का अध्यक्ष टुल्कु लामासहित खाद्यान र न्यानो कपडा लिएर पुगेका नगर प्रमुख शाक्यले आफ्नो ५७ औं जन्मदिन वृद्धाश्रममा रहेका बाबु आमासंगै बसेर मनाएका हुन् ।

त्यहाँ रहेका जेष्ठ नागरिकले तातोपानीको समस्या रहेको सुनाएपछि नगर प्रमुख शाक्यले एक दुई दिनभित्रै तातोपानी आउने गरी सामान जडान गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस