भगवती प्रा. वि. लाई लायन्स क्लव अफ काठमाडौ प्रभु आर. टि. को सहयोग

नौलो समाचार संवाददाता
२०८० पौष २८, शनिबार मा प्रकाशित ५११ पटक पढिएको
भगवती प्रा. वि. लाई लायन्स क्लव अफ काठमाडौ प्रभु आर. टि. को सहयोग

बेलबोटटार/ लायन्स क्लब अफ काठमाडौ प्रभु आर. टि. ले नमोबुद्ध वडा नम्बर ६ स्थित भगवती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छ ।

सामुदायिक विद्यालय सहयोग कार्यक्रम २०२४ अन्तर्गत सो विद्यालयलाई सहयोग गरिएको क्लवका अध्यक्ष सन्जय लामाले जानकारी दिए ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, नमोबुद्ध वडा नम्बर ६ का अध्यक्ष टीकाबहादुर केसि, चार्टर प्रेसिडेन्ट जस्मिन श्रेष्ठ लगायत क्लवका पदाधिकारीहरुले ती सामाग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए ।

क्लवले विद्यालयका शैक्षिक एवं प्रशासनिक गतिविधिमा सहयोग पुगोस् भनेर १ थान प्रिन्टर समेत सहयोग गरेको छ ।

नगर प्रमुख कुनसाङ लामाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक लगायत सबै सरोकारवालाको उत्तिकै भुमिका हुने बताए ।

विद्यालय विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेमध्वज लामा, प्रधानाध्यापक नवीन अधिकारीले सहयोगी दातालाई आभार प्रकट गर्दै आगामी दिनमा समेत निरन्तरताको कामना गरे ।

प्रतिक्रिया दिनुहोस