अष्ट्रेलियाको हुमे सिटी र नमोबुद्व नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने

नौलो समाचार संवाददाता
२०८० माघ ५, शुक्रबार मा प्रकाशित १४४ पटक पढिएको
अष्ट्रेलियाको हुमे सिटी र नमोबुद्व नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने

भकुण्डेवेशी \ अष्ट्रेलियास्थित भिक्टोरिया राज्यमा रहेको हुमे सिटी काउन्सिल र नमोबुद्व नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।

सोही सन्दर्भमा सास्कृतिक, कृषि, पर्यटन र खनिज उत्पादन लगायतका बिषयमा बस्तुगत अध्ययन गर्न अष्ट्रेलियाबाट प्रतिनिधि हाम्जा वारियो र जिम लिमार्डले नमोबुद्व नगरपालिका भम्रण गरेका छन् ।

नगर प्रमुख कुनसाङ लामाले वारियोलाई अभिनन्दन गर्दै अष्ट्रेलियाका लागी नगरको तर्फबाट मानर्थ सदभावना प्रतिनिधि समेत तोकेका छन् ।

नगर प्रमुख लामाले आफू अत्यन्तै उत्साहित भएको र आफ्नो कार्यकालमा नवीनतम प्रयोग गरेर नगरलाई थप आधुनिक बनाउने योजना रहेको बताए । लामाले हुमे सिटी काउन्सिलका मेयर नायीम कुर्तसंग प्रत्यक्ष भिडियो वार्ता गरेका थिए ।

अष्ट्रेलियाली प्रतिनिधी वारियोले खुशी व्यक्त गर्दै हुमे सिटीका जनप्रतिनिधि र नमोबुद्व नगरपालिकाका जनप्रतिनिधिविच भेटवार्ता गराउन पहल गर्ने बताए ।

विज्ञ समुहसहित नेपाल पुनः भ्रमण गर्ने अष्ट्रेलियन नागरिक हाम्जाले बताए ।

अष्ट्रेलियाका कृषि बिज्ञ जिम लीमार्डले ग्रामिण बिकासमा कृषि उत्पादनको मह्त्व बारे अथ्र्याएका थिए।

यस अघि बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले कृषि तथा खानेपानी क्षेत्रमा सहकार्य गर्न अष्ट्रेलियाका प्रतिनिधि मण्डललाई आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने बताएका थिए ।

भगिनी सम्बन्ध स्थापनाको लागि कुटनैतिक तहमा समेत छलफल चलाएका पर्यटन व्यवसायी डिएन घिसिङले नेपालको ग्रामीण भेगको बिकासमा मितेरी शहर अबधारणले सामाजिक र आर्थिक परिवर्तनमा कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, सगरमाथा आरोही आङ कामी शेर्पा, उद्यमी तथा समाजसेवी बिरेन्द्र लाल श्रेष्ठ साथै नगरपालिकाका शाखाप्रमुखहरुको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस