काभ्रेमा ट्राफिक सप्ताह विभिन्न कृयाकलाप गरि मनाइने

नौलो समाचार संवाददाता
२०८० माघ २५, बिहिबार मा प्रकाशित २५२ पटक पढिएको
काभ्रेमा ट्राफिक सप्ताह विभिन्न कृयाकलाप गरि मनाइने

बनेपा / ट्राफिक सप्ताह – २०८० काभ्रेमा विभिन्न कृयाकलाप गरि मनाइने भएको छ ।

माघ २५ गते शुभारम्भ गरिएको ट्राफिक सप्ताह अन्तर्गत एक साता सम्म विभिन्न क्रियाकलाप हुन लागेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार, दोस्रो दिन (शुक्रबार) स्वयंम सेवक परिचालन गरि सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाइनेछ । सचेतना स्टिकर टाँस गर्ने, पर्चा- पम्प्लेट वितरण पनि सोही हुनेछ ।

तेस्रो दिन (शनिबार) ग्रामिण सडक लक्षित प्रशिक्षण, बढि भाडा अनुगमन, माक्स वितरण गर्ने, सिट क्षमता भन्दा बढि यात्रु अनुगमन गरिनेछ ।

चौथो दिन (आइतबार) सवारी चालकहरुसंग ५ मिनेट कार्यक्रम तथा ओभरटेक गर्नेको विधिको प्रशिक्षणका साथै तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण कार्यक्रम छ ।

पाँचौ दिन (सोमबार) बिद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम, गाउगाउमा आमा समुह टोलसुधार समित र युवा क्लवहरुलाई ट्राफिक सचेतना कार्यक्रम सन्चालन गरिनेछ । सोही दिन सरकारी कार्यालयका कर्मचारी तथा चालकलाई प्रशिक्षण कार्यक्रम ।

छैटौ दिन (मंगलबार)चालक तथा सहचालकहरुको सामान्य स्वास्थ्य परीक्षण हुनेछ । सवारी साधनहरुको यान्त्रीक परिक्षण, रक्तदान कार्यक्रम पनि सोही दिन गरिनेछ ।

सप्ताहको अन्तिम दिन ट्राफिक सप्ताहको उपलब्धि र प्रभावकारिताको बारेमा संचारकर्मी लगायत सरोकारवाला निकायहरूसंग अन्तरक्रिया गरिने घिमिरेले जानकारी दिए ।

शुभारम्भ कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले चालक र यात्रीको संयमता, साक्षरता र सचेतनाले मात्रै दुर्घटना न्यूनीकरण हुने बताइन् । सरोकारवाला सबैले आफ्नो जिम्मेवारी पूरा गरे दुर्घटना न्युनिकरण हुने उनले बताइन् । मोटरसाइकल जस्ता साना सवारी बढी दुर्घटनामा परेको तथ्यांक रहेको भन्दै उनले सडकको अवस्था, यान्त्रिक गडबढी र चालकको लापरबाहिले दुर्घटना हुने गरेको बताइन् ।

संघीय प्रहरी कार्यालय बागमतीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापाले ट्राफिक नियमको पालना आफै बाट सुरु गर्नुपर्ने बताए । ट्राफिक नियम पालना गरे मात्रै दुर्घटना नियन्त्रण हुने उनले तर्क गरिन ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपि) भाग्येन्द्र पुरुष ढकालले ट्राफिक प्रहरीले मात्रै दुर्घटना नियन्त्रण गर्न नसक्ने भन्दै सबैले आफ्नो जिम्मेवारी बोध गर्दै हातेमालो गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले दुर्घटनाको क्षतिपुर्ति दिन समेत टिपर लगायतका यातायात व्यवसायी जिम्मेवार नदेखिएको भन्दै कानुन कार्यान्वयनको लागि प्रहरी प्रशासनले कडाई गर्नुपर्ने बताए ।

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले दुर्घटना नियन्त्रणको लागी सस्थाको तर्फबाट प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस