रजबम पोखरीमा हर्षोल्लासपूवर्क मनाइयो ल्होछार पर्व

नौलो समाचार संवाददाता
२०८० माघ २७, शनिबार मा प्रकाशित ४२७ पटक पढिएको
रजबम पोखरीमा हर्षोल्लासपूवर्क मनाइयो ल्होछार पर्व

भकुण्डेवेशी \  नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित रजबम पोखरी परिसरमा सोनाम ल्होछार पर्व हर्षोल्लासपूर्वक मनाइएको छ ।

‘सांस्कृतिक विविधता हाम्रो पहिचान , यसको प्रवर्धन र संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सोनाम ल्होछार मुल आयोजक समिति, रजबम पोखरीले मन्जुश्री संम्बत २८६० औं डुक ल्हो (सर्प वर्ग)  सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना आदान– प्रदान तथा सांस्कृतिक कार्यक्रममा ख्यातीप्राप्त स्थानीय कलाकारहरुको प्रस्तुतीमा  उपस्थितहरुले मनोरञ्जन लिएका हुन् ।

गायक विशाल थिङ, बिनोद वल तामाङ, आशिक लामा, आशिष लो, अनिता गोले, बाल गायिका प्राप्ति तामाङ लगायतको प्रस्तुतीमा स्थानीयहरु रमेका थिए । जनहित माध्यमिक विद्यालय, जनक माध्यमिक विद्यालय, नवप्रतिभा अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले पनि प्रतिभा प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा विभिन्न सास्कृतिक झाँकी, नृत्य प्रस्तुत गरियो ।

सास्कृतिक कार्यक्रममा नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, स्थानीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, वडाअध्यक्ष लगायत जनप्रतिनधी, समाजसेवी र स्थानीयको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस