ल्होछारको अवसरमा नमोबुद्ध नगरपालिकामा शुभकामना आदानप्रदान

नौलो समाचार संवाददाता
२०८० माघ २७, शनिबार मा प्रकाशित २९४ पटक पढिएको
ल्होछारको अवसरमा नमोबुद्ध नगरपालिकामा शुभकामना आदानप्रदान

भकुण्डेवेशी \ सोनाम ल्होछार पर्वको अबसरमा नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित रजबम पोखरी परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

सोनाम ल्होछार मुल आयोजक समिति, रजबम पोखरीले मन्जुश्री संम्बत २८६० औं डुक ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा शुभकामना आदान– प्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख कुनसाङ लामाले सबै धर्मको सम्मान गर्नुपर्ने धारणा राखे ।

उपप्रमुख रत्नबहादुर लामाले धर्म, सस्कृतिको संरक्षणसहित पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले सबै धर्म मिलेर बसेको मुलुक नेपाल भएको तर्क गरे ।

कार्यक्रममा बौद्ध धर्म गुरु साङगे लामा दोर्जे (आचार्य), नमोबुद्ध वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङ, नेकपा (माओवादी केन्द्र) का धावा लामा, हरिप्रसाद तिमल्सिना, नेकपा एमाले नमोबुद्ध नगर कमिटी अध्यक्ष कृष्णप्रसाद खनाल, नेपाली कांग्रेस नमोबुद्धका नगर सचिव रामेश्वर अधिकारी, व्यवसायी केदारप्रसाद आचार्य, रामहरी खनाल, आयोजक समितिका उत्तरध्वज लामा, धर्म सिं लामा लगायतले यस्ता पर्वले सामाजिक सद्भाव, भाइचारा र हार्दिकता कायम गर्न मद्धत पुग्ने बताए ।

कार्यक्रममा नै नगर प्रमुख कुनसाङ लामाले रजबम पोखरीमा नै निर्माण गरिएको सामुदायिक भवन उद्धघाटन गरेका थिए ।

नमोबुद्ध नगरपालिका र वडा नं ७ कार्यालय र जनसहभागिता समेत गरी आर्थिक बर्ष र चालु आर्थिक बर्षमा २८ लाख ५० हजारको लागतमा सामुदायिक भवन र ट्रष्ट निर्माण सम्पन्न भएको वडाअध्यक्ष धर्म सिं लामाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस