उपभोक्ता समितिमार्फत निर्माण गर्दा ‘थप काम’, मन्त्री लामाले गरे पुरा गर्ने प्रतिवद्धता

नौलो समाचार संवाददाता
२०८० फागुन ३, बिहिबार मा प्रकाशित ६१४ पटक पढिएको
उपभोक्ता समितिमार्फत निर्माण गर्दा ‘थप काम’, मन्त्री लामाले गरे पुरा गर्ने प्रतिवद्धता

नमोबुद्ध /  स्थानीयको सहभागितामा निर्मित उपभोक्ता समितिमार्फत निर्माण गर्दा काम धेरै र गुणस्तरीय हुन सक्छ भन्ने उदाहरण नमोबुद्ध–७, काक्रेँमा देखिएको छ ।

प्रदेश सरकारले नमोबुद्ध नगरपालिकालाई हस्तान्तरण गरेको २५ लाख रकमको शसर्त योजनाको लागि गठन भएको उपभोक्ता समितिले लागत स्टमेट भन्दा थप काम गरेकोे हो ।

 

स्टमेटमा ३ सय मिटर सडक स्तरोन्नती, ड्रेन निर्माण सहितको काम गर्नुपर्नेमा उपभोक्ता समितिले थप ८० मिटरमा सोही काम गरेको छ । ‘आफ्नो ठाउँमा भएको काम गुणस्तरीय गर्नुपर्छ भनेर मन लगाएर गर्यौ र गुणस्तरीय काम भएको छ,’ काँक्रे अर्याल गाउँ खानेपानी पहुँचमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष रोशन अर्यालले भने, ‘श्रोतको उचित सदुपयोग गर्दा स्टमेट भन्दा थप काम पनि भएको छ ।’ उनले उक्त बजेटबाट गाउँको विचसम्म मात्रै सडक पुगेकोले पुरा गर्नको लागि बजेट विनियोजन गर्न अनुगमनको लागि पुगेका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामालाई अनुरोध गरे ।

नमोबुद्ध वडा नं ७ का सदस्य श्यामगोपाल श्रेष्ठले आफ्ना चुनावी प्रतिवद्धता पुरा गर्न निर्वाचनपछि पुन घरदैलोमा आएकोमा र बजेट विनियोजन गरेकोमा मन्त्री लामालाई आभार प्रकट गरे । ‘चुनाव जितेर गएपछि सांसदहरु फर्किएर आएको थाहा थिएन, जनताको पिरमर्का बुझ्न आउनुभएकोमा र बजेट समेत बिनियोजन गरिदिनुभएकोमा आधार प्रकट गर्दछु ।’ श्रेष्ठले भने । श्रेष्ठले सडक कालोपत्रे, सामुदायिक भवन, मन्दिर, सिंचाई, मुहान संरक्षण लगायतका काम गर्न बाँकी रहेको भन्दै मन्त्री लामाको ध्यानाकर्षण गराए ।

 

मन्त्री लामाले दाप्चाबाट काँक्रे हुँदै चौकीडाँडा जोड्ने सडक, दाप्चा–पिपलटार हुँदै साझकोट सडक, खाक्सी सडक कालोपत्रे आफ्नो प्राथमिकतामा रहेको भन्दै उनले आफ्नो कार्यकालमा ती सबै सडक कालोपत्रे गर्ने प्रतिवद्धता जनाए । उनले त्यहाँबाट माग भएका सबै योजना आगामी बजेटमा समावेश गर्ने प्रतिवद्धता समेत जनाए । भकुण्डेवेशी खानेपानीको लागि ४ करोड विनियोजित गरेर टेण्डर समेत भइसकेको भन्दै उनले ठूला खाले योजना कार्यान्वयन गराउने बताए ।


प्रतिक्रिया दिनुहोस