शिक्षक संघ नमोबुद्धले गर्यो स्थानीय प्रतिनिधी सभा

नौलो समाचार संवाददाता
२०८० फागुन ६, आईतबार मा प्रकाशित १०५ पटक पढिएको
शिक्षक संघ नमोबुद्धले गर्यो स्थानीय प्रतिनिधी सभा

भकुण्डेवेशी /  नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितीले छैठौं स्थानीय प्रतिनिधि सभा सकेको छ ।

संघको विधान अनुसार प्रत्येक बर्ष हुँदै आएको प्रतिनिधी सभा नमोबुद्ध नगर कार्यसमितिले गरेको हो ।

कार्यक्रममा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन विभिन्न काम गर्न खोजेको भन्दै शिक्षकहरुलाई आफ्नो भूमिका निर्वाह गर्न अनुरोध गरे ।


नेपाल शिक्षक संघ बाग्मती प्रदेशका महासचिव राजेशराज महतले शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधानको लागि स्थानीय तहलाई अधिकार पनि भएकाले जिम्मेवार हुुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नमोबुद्धका सचिव रामेश्वर अधिकारी, महेन्द्र थिङ, नमोबुद्ध नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, नेपाल शिक्षक महासंघ नमोबुद्धका संयोजक पञ्चसिं लामा, अखिल नेपाल शिक्षक संगठन नमोबुद्धका अध्यक्ष कुलचन्द्र खनाल, नेपाल शिक्षक संघ नमोबुद्धका सचिव रमेशप्रसाद न्यौपाने लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।

नेपाल शिक्षक संघ नमोबुद्धका अध्यक्ष दिनेशप्रसाद अधिकारीले शिक्षकका पेशागत हकहितका लागि शिक्षक संघ विगतमा जस्तै सदैव कृयाशिल हुने प्रतिवद्धता जनाए ।

प्रतिनिधि सभामा अध्यक्ष दिनेशप्रसाद अधिकारी, सचिव रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ) गणेश लामाले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस