नमोबुद्धमा लैंगिक हिंसा, मानव बेचविखन र बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण

नौलो समाचार संवाददाता
२०८० फागुन ८, मंगलबार मा प्रकाशित ३०८ पटक पढिएको
नमोबुद्धमा लैंगिक हिंसा, मानव बेचविखन र बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिकाले महिला जनप्रतिनिधी र महिला संस्थाहरुको लागि लैंगिक हिंसा, मानव बेचविखन र बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण शुरु गरेको छ ।

महिलाहरुको क्षमता विकास गर्ने उद्धेश्यले ११ वटै वडामा अभिमुखिकरण सञ्चालन गरिने नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

सोमबार वडा नं २ र ४ बाट शुरु भएको अभिमुखिकरण फाल्गुन १६ गतेसम्म सबै वडामा सञ्चालन हुने उनले जानकारी दिइन् ।

सहभागीलाई मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले मानवबेचबिखन, लैंगिक हिंसा, यसका असर न्युनिकरणका उपायका बारे अभिमुखिकरण गरेका छन् ।

बालमैत्री स्थानीय शासन, यसका सूचक र सरोकारवालाको भूमिकाको बारेमा बालबालिकाको क्षेत्रमा काम समेत गरेका सञ्चारकर्मी नगेन्द्र अधिकारीले सहजीकरण गरेका छन् ।

महिलाका सबालमा नमोबुद्ध नगरपालिकाबाट भएका प्रयासबारे उपशाखा प्रमुख सुनुवारले जानकारी गराएकी थिइन् ।

महिलाका सवालमा नमोबुद्ध नगरपालिका सदैव सकरात्मक रहेको भन्दै उनले बालमैत्री नगर तथा वडा घोषणाको लागि सरोकारवाला सबैको उत्तिकै भूमिका हुने बताइन् ।


प्रतिक्रिया दिनुहोस