बेलर इन्टरनेशनलमा तीन दिनसम्म अभिभावक दिवस

नौलो समाचार संवाददाता
२०८० फागुन २६, शनिबार मा प्रकाशित १६८ पटक पढिएको
बेलर इन्टरनेशनलमा तीन दिनसम्म अभिभावक दिवस

बनेपा /  बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले तीन दिन अभिभावक दिवस आयोजना गरेको छ ।

प्लेग्रुपदेखि कक्षा १२ सम्म यस बर्ष करिब ३ हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत बेलरले प्लेग्रुपदेखि कक्षा एक, कक्षा दुई देखि पाँच र कक्षा छ देखि कक्षा बाह्र गरी अलग अलग दिन अभिभावक दिवस आयोजना गरेको प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् ।

पहिलो दिन बुधवार नेपाल प्लाईउड उत्पादक संघका अध्यक्ष रहेका व्यवसायी होमप्रसाद घिमिरेले उद्धघाटन गरेको कार्यक्रमको दोस्रो दिन (शनिवार) बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य प्रमुख अतिथी थिए ।

उनले दक्ष विद्यार्थी उत्पादन गरिररहेको बेलर इन्टरनेशनल एकेडेमी बनेपाको गहना भएको तर्क गरे । उनले बनेपाका उत्कृष्ट विद्यालय मध्ये बेलर एक भएको भन्दै विद्यालयले उत्कृष्ट नागरिक तयार गरिरहेको विश्वास व्यक्त गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले शैक्षिक र अतिरिक्त गतिविधीमा पनि विद्यालय उत्कृष्ट भएको भन्दै यहाँका उत्पादनले सबै क्षेत्रमा शसक्त रुपमा उभिन सफल भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी लगायतले शिक्षा क्षेत्रमा विद्यालयको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रममा ५ बर्षदेखि विद्यालयमा कार्यरत शिक्षकलाई सम्मान गरिएको थियो ।

विद्यार्थीहरुले नाटक, गित, नृत्य लगायतका गतिविधीमार्फत प्रतिभा प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस