नेकपा (एकिकृत समाजवादी) को १० औं जिल्ला अधिवेशन बनेपामा

नौलो समाचार संवाददाता
२०८० चैत्र २, शुक्रबार मा प्रकाशित ४८ पटक पढिएको

नेकपा (एकिकृत समाजवादी) को १० औं जिल्ला अधिवेशन बनेपामा

बनेपा /  नेकपा एमालेबाट अलग्गिएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) काभ्रेको १० औं जिल्ला अधिवेशन चैत्र ३ र ४ गते बनेपामा हुने भएको छ ।

२०७८ भदौ २ गते निर्वाचन आयोगमा विधिवत दर्ता भएको नेकपा (एकिकृत समाजवादी)ले एमाले पुनर्गठन भएको भन्दै १० औं जिल्ला अधिवेशन भएको जनाएको छ ।

पत्रकार सम्मेलन गर्दै नेकपा (एकिकृत समाजवादी) ले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशनको लागि वडा, नगर गाउँ तथा जनवर्गिय संगठनहरुबाट ४ सय ७६ जना प्रतिनिधिहरु सहभागी हुने जनाएको छ ।

जिल्ला इञ्जार्ज टोकबहादुर वाइवा र जिल्ला अधिवेशन आयोजक समितिका संयोजक बसुन्धरा हुमागाईले हस्ताक्षर गरेको विज्ञप्तिमा साढे दुई वर्षमा ३ हजार ९ सय ६६ संगठित पार्टी सदस्य, १३ वटै स्थानीय तह र १ सय १७ वडामा कमिटी र २२ वटा जनवर्गीय संगठन विस्तार भएको उल्लेख छ ।

अधिवेशनबाट निर्माण हुने ५५ देखि ६१ सदस्यीय जिल्ला कमिटीमा ४० वर्षमुनि उमेर समूहका कम्तीमा २० प्रतिशत, ३३ प्रतिशत महिला, उत्पीडित दलित समुदाय, अल्पसंख्यक तथा अति सीमान्तकृत समुदाय र अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व सुनिश्चित गरिएको नेकपा (एकिकृत समाजवादी) ले जनाएको छ ।

पार्टी विद्रोह पश्चात गरिएका पार्टी कामको समीक्षाका साथै पार्टीमा देखिएका समस्याको समाधान र वर्तमान राजनीतिक परिस्थितिको ठोस विश्लेषणको आधारमा आगामी कार्ययोजना तय गने जिल्ला अधिवेशन आयोजक समितिका संयोजक हुमागाईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस