बनेपामा सितोरियो कराँते प्रतियोगिता शुरु

नौलो समाचार संवाददाता
२०८० चैत्र २, शुक्रबार मा प्रकाशित ७४ पटक पढिएको

बनेपामा सितोरियो कराँते प्रतियोगिता शुरु

बनेपा / काभ्रे कराँते एकेडेमीको आयोजनामा शुक्रबारबाट बनेपामा सितोरियो कराँते प्रतियोगिता शुरु भएको छ।

नेपाल कराँते महासंघ काभ्रे र नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजना तथा बनेपा नगरपालिकाको मुख्य सहयोगमा प्रतियोगिता चैत्र २ र ३ गते सञ्चालन हुनेछ ।

नेपाल कराँते महासंघ र नेपाल सितोरियो कराँते संघ काभ्रेले प्रतियोगिताका लागि प्राविधिक सहयोग गरेका छन् ।

बनेपास्थित लायकु मञ्चमा जारी प्रतियोगिताको कुमितेतर्फ २१ तौल समूहमा १० डोजोका २ सय ५० विच प्रतिस्पर्धा हुने काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धरले जानकारी दिए । महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा प्रतिस्पर्धा रहेको छ ।

महासचिव श्यामसुन्दर कुँवरका अनुसार, कातातर्फ पुरुष एकल र महिला एकल विधामा प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र ३ वटा टिम च्याम्पियनलाई पुरस्कृत गरिनेछ ।

एकेडेमीले प्रशिक्षणका अलावा तालिम, गोष्ठी समेत सञ्चालन गर्दै आएको महासचिव कुँवरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस