सकियो एकिकृत समाजवादी काभ्रेको जिल्ला अधिवेशन, बसुन्धराको नेतृत्वमा कार्यसमिति चयन

नौलो समाचार संवाददाता
२०८० चैत्र ५, सोमबार मा प्रकाशित ९८ पटक पढिएको

सकियो एकिकृत समाजवादी काभ्रेको जिल्ला अधिवेशन, बसुन्धराको नेतृत्वमा कार्यसमिति चयन
तस्वीर सौजन्य : प्रकाश सुन्दास

बनेपा / नेकपा एमालेबाट अलग्गिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औं जिल्ला अधिवेशन सकिएको छ ।

अधिवेशनले आयोजक समितिका संयोजक बसुन्धरा हुमागाईको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

अध्यक्षमा बसुन्धरा निर्विरोध भए । २ उपाध्यक्षमा रघुवर चौप्रधान र पासाङ डोल्मो लामा, सचिवमा गोकुल गौतम, उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, भेषराज शाही र कृष्ण तामाङ निर्वाचित भएका थिए ।

भूगोलतर्फ चौरीदेउराली गाउँपालिमा मात्रै निर्वाचन भएको थियो । चौरीदेउरालीबाट गोकूल गौतम निर्वाचित भएका थिए । पुरुषतर्फमात्रै ३ जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । महिलातर्फ १ सदस्य रिक्त छ ।

भूगोलतर्फ नगरपालिकाबाट निर्वाचित हुने १८ पदमा निर्विरोध भएको थियो । मण्डनदेउपुरबाट पवित्रा भट्टराई, डिल्लीप्रसाद आचार्य र माधवप्रसाद न्यौपाने, पाँचखालबाट रणबहादुर बोहोरा, पुरुषोत्तम आचार्य र कल्पना श्रेष्ठ, नमोबुद्दबाट राजकुमार तिमल्सेना, जानुका पौडेल र पञ्च तामाङ, धुलिखेलबाट टिकाप्रसाद हुमागाई, दया सागर श्रेष्ठ र संजिता लामा, बनेपाबाट राजकृष्ण गिरी, शम्भुप्रसाद न्यौपाने र गिता मगर, पनौतीबाट सन्तनु केसी, डाकबहादुर कार्की र गीता अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

गाउँपालिकाबाट निर्वाचित हुने १४ मध्ये १ पदमा मात्रै निर्वाचन भएको थियो । १३ जना निर्विरोध भएका थिए । रोशीबाट निशा लामा र जगतबहादुर तामाङ, बेथानचोक विनु थापामगर र मिठाई लामा, खानीखोलाबाट सितादेवी तिमल्सिना र कृष्णबहादुर दर्लामी मगर, महाभारतबाट नीरबहादुर वाइवा र चन्द्रकुमारी लुङ्गेली, तेमालबाट टिकालाल तामाङ र मनिषा तामाङका साथै भुम्लुबाट मोतिलाल तामाङ र कालिका खरेल निर्विरोध निर्वाचित भएका हुन् ।

खुलातर्फ राजनप्रसाद पराजुली, चमारसिं तामाङ, इश्वर बञ्जारा र चन्दा लामा निर्वाचित भए । युवातर्फ बिजय लामा (धनबहादुर), सन्तोष चौलागाई, रामेश्वर आचार्य, बुद्धलाल तामाङ, राजकुमार तामाङ, तुलबहादुर तामाङ, रामबहादुर तामाङ, अप्सरा न्यौपाने, कोपिला तामाङ र रिना वाइवा तामाङ निर्वाचित भए ।

अल्पसंख्यकतर्फ विकास राई र कल्पना भुजेल, दलिततर्फ सम्झना वि.क र मनिष बर्देवा निर्वाचित भएका हुन् भने अपांगता भएकातर्फ लोकेन्द्र कुमार सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस