नेकपा (एकीकृत समाजवादी) काभ्रेले गरायो सपथ, तत्काल पार्टी एकता नहुने अध्यक्ष नेपालको उद्धघोष

नौलो समाचार संवाददाता
२०८० चैत्र १२, सोमबार मा प्रकाशित ७४ पटक पढिएको

नेकपा (एकीकृत समाजवादी) काभ्रेले गरायो सपथ, तत्काल पार्टी एकता नहुने अध्यक्ष नेपालको उद्धघोष

बनेपा / नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीले सपथ लिएका छन् ।

चैत ३ र ४ गते बनेपामा भएको अधिवेशनले ५७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका सबैलाई सपथ ग्रहण गराएका हुन् । अध्यक्ष नेपालले तत्काल कुनै दलसंग एकता नहुने तर्क गर्दै संगठन निर्माणमा जुट्न निर्देशन दिए ।

अधिवेशनले बसुन्धरा हुमागाईको अध्यक्षतामा कमिटी चयन भएको थियो । उपाध्यक्षमा रघुवर चौप्रधान र पासाङ ढोल्मु लामा, सचिवमा गोकुल गौतम, उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, भेषराज शाही र कृष्ण तामाङ निर्वाचित भएका थिए ।

भूगोलतर्फ चौरीदेउराली गाउँपालिमा मात्रै निर्वाचन भएको थियो । चौरीदेउरालीबाट गोकूल गौतम निर्वाचित भएका थिए । महिलातर्फ १ सदस्य रिक्त छ ।

भूगोलतर्फ नगरपालिकाबाट निर्वाचित हुने १८ पदमा निर्विरोध भएको थियो । मण्डनदेउपुरबाट पवित्रा भट्टराई, डिल्लीप्रसाद आचार्य र माधवप्रसाद न्यौपाने, पाँचखालबाट रणबहादुर बोहोरा, पुरुषोत्तम आचार्य र कल्पना श्रेष्ठ, नमोबुद्दबाट राजकुमार तिमल्सेना, जानुका पौडेल र पञ्च तामाङ, धुलिखेलबाट टिकाप्रसाद हुमागाई, दया सागर श्रेष्ठ र संजिता लामा, बनेपाबाट राजकृष्ण गिरी, शम्भुप्रसाद न्यौपाने र गिता मगर, पनौतीबाट सन्तनु केसी, डाकबहादुर कार्की र गीता अधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

गाउँपालिकाबाट निर्वाचित हुने १४ मध्ये १ पदमा मात्रै निर्वाचन भएको थियो । १३ जना निर्विरोध भएका थिए । रोशीबाट निशा लामा र जगतबहादुर तामाङ, बेथानचोक विनु थापामगर र मिठाई लामा, खानीखोलाबाट सितादेवी तिमल्सिना र कृष्णबहादुर दर्लामी मगर, महाभारतबाट नीरबहादुर वाइवा र चन्द्रकुमारी लुङ्गेली, तेमालबाट टिकालाल तामाङ र मनिषा तामाङका साथै भुम्लुबाट मोतिलाल तामाङ र कालिका खरेल निर्विरोध निर्वाचित भएका थिए ।

खुलातर्फ राजनप्रसाद पराजुली, चमारसिं तामाङ, इश्वर बञ्जारा र चन्दा लामा निर्वाचित भए । युवातर्फ बिजय लामा (धनबहादुर), सन्तोष चौलागाई, रामेश्वर आचार्य, बुद्धलाल तामाङ, राजकुमार तामाङ, तुलबहादुर तामाङ, रामबहादुर तामाङ, अप्सरा न्यौपाने, कोपिला तामाङ र रिना वाइवा तामाङ निर्वाचित भएका थिए ।

अल्पसंख्यकतर्फ विकास राई र कल्पना भुजेल, दलिततर्फ सम्झना वि.क र मनिष बर्देवा निर्वाचित भएका थिए भने अपांगता भएकातर्फ लोकेन्द्र कुमार सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस