नमोबुद्धका जनप्रतिनिधी र कर्मचारीलाई ‘प्रेरणात्मक कक्षा’

नौलो समाचार संवाददाता
२०८१ बैशाख १९, बुधबार मा प्रकाशित ७४८ पटक पढिएको

नमोबुद्धका जनप्रतिनिधी र कर्मचारीलाई ‘प्रेरणात्मक कक्षा’

नमोबुद्ध/  नमोबुद्ध नगरपालिकाले आफ्ना जनप्रतिनिधी र कर्मचारीलाई ‘उत्प्रेरणात्मक कक्षा’ सञ्चालन गरेको छ । क्षमता अभिवृद्धिको लागि नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।

मुख्य प्रशिक्षक नरबहादुर कार्की र राजेश पाठकले सहभागीहरुलाई सोच, कर्म र नतिजालाई दैनिक कार्यसम्पादन, योजना, नीति निर्माणसंग जोड्दै मानिसमा भएको सम्भावना पहिचान गर्नुपर्ने बताए ।

बालमैत्री स्थानीय तह घोषणमा जुटेका नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधीलाई बालमैत्री स्थानीय शासन लागू गर्नको लागि इच्छाशक्ति, योजना र कार्यान्वयनको लागि श्रोत र जनशक्ति आवस्यक रहेको प्रशिक्षणको क्रममा औल्याइयो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जनप्रतिनिधी र कर्मचारीलाई इच्छाशक्ति, प्रतिवद्धता र दृढ निश्चयी बनाउन प्रशिक्षण उपयोगी भएको बताए । उनले पूर्वाधार र भौतिक पूर्वाधार विकाससंगै सामाजिक क्षेत्रको विकास पनि संगसंगै प्राथमिकताका साथ लैजाने प्रतिवद्धता व्यक्त गरे ।

उपप्रमुख रत्नबहादुर लामाले नगरलाई बालमैत्री घोषणा गर्नको लागि आगामी आर्थिक बर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।

प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले प्रशिक्षणले सोच्ने र काम गर्ने तौरतरिकामा परिवर्तन आउने अपेक्षा गरे । उनले बालमैत्री स्थानीय तह घोषणाको लागि सूचकहरु क्रमशः पुरा गर्दै घोषणा गर्दै जाने प्रतिवद्धता जनाए ।

सहभागी वडाअध्यक्षहरुले बालमैत्री स्थानीय तह घोषणालाई प्राथमिकतामा राखेर सूचकहरु पुरा गर्न लाग्ने बताए ।

महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारमा स्थानीय तहमा साझा लक्ष्य र उद्धेश्य प्राप्तीका लागि कार्यक्रम गरिएको बताइन् । उनले कार्यक्रमले बालमैत्री स्थानीय तह घोषणा गर्नको लागि थप हौसला मिलेको बताइन् ।






प्रतिक्रिया दिनुहोस