नमोबुद्ध नगरपालिका वडा नं ३ को कार्यालयसम्मको बाटो कालोपत्रे हुने

चुनावी प्रतिवद्धता क्रमशः पुरा हुँदै
नौलो समाचार संवाददाता
२०८१ बैशाख २७, बिहिबार मा प्रकाशित २६० पटक पढिएको
नमोबुद्ध नगरपालिका वडा नं ३ को कार्यालयसम्मको बाटो कालोपत्रे हुने

नमोबुद्ध / वी.पी राजमार्गबाट चरुवा हुँदै नमोबुद्ध नगरपालिका वडा नं ३ को कार्यालय भीडाबारीसम्म जानेबाटो कालोपत्रे हुने भएको छ ।

प्रदेश सरकारमार्फत विनियोजित योजनाको लागि पूर्वाधार विकास कार्यालय काभ्रेले ६ करोड ३ लाख रकम बराबरको बोलपत्र आव्हान गरेपछि कालोपत्रे र स्तरोन्नती हुने सुनिश्चित भएको हो ।

नमोबुद्ध नगरपालिका वडा नं ३ का वडाअध्यक्ष रमेश तिवारीले भौगोलिक रुपमा केही असुविधा रहेको आफ्नो वडामा चूनावी प्रतिवद्धताहरु पुरा गर्दै लगेको बताए । ‘हाम्रो वडामा यातायात सञ्चालन गर्न सडकको समस्या छ, ती क्रमश ः पुरा गर्दै लैजानेछौं,’ उनले भने, ‘चुनावी प्रतिवद्धता क्रमशः पुरा गर्दै लगेका छौं, वडाको विकासको लागि अझै प्रतिवद्ध भएर लाग्नेछौं ।’

यसअघि सोही सडकको अप्ठ्यारा स्थानमा ढलान गरिएको छ । नाली, वाल लगायत सडक स्तरोन्नतीसहित कालोपत्रेको काम हुने अध्यक्ष तिवारीले जानकारी दिए ।

नमोबुद्ध नगरपालिका वडा नं ३ मा नगर गौरवको तरकारी तथा फलफुलको चिस्यान केन्द्र (कोल्ड स्टोरेज) बनिरहेको छ भने अन्य पूर्वाधार पनि निर्माण हुँदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस