नेपाली कांग्रेस काभ्रेले जेठ महिनाभर कृयाशिल कार्ड वितरण गर्ने

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २, बुधबार मा प्रकाशित १५०६ पटक पढिएको

नेपाली कांग्रेस काभ्रेले जेठ महिनाभर कृयाशिल कार्ड वितरण गर्ने

तेमाल / नेपाली कांग्रेस काभ्रेले जेठ महिनाभर आफ्ना कृयाशिल सदस्यलाई परिचयपत्र (कार्ड) वितरण गर्ने भएको छ ।

करिब १९ हजार सदस्यलाई कृयाशिल कार्ड वितरण गर्न लागेको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए ।

तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा बसेको जिल्ला कार्यसमितिको बैठकले जेठ महिनाभरमा १ सय ३५ वटै वडामा सम्मेलन गर्ने र सोही दिन कृयाशिल कार्ड समेत वितरण गर्ने निर्णय गरेको छ ।

जिल्लाका पदाधिकारी एवं पूर्व पदाधिकारीलाई १३ स्थानीय तह र जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, भातृ संस्था प्रमुखहरुलाई वडामा प्रतिनिधी तोकेर सम्मेलन सम्पन्न गर्न खटाउने निर्णय पनि जिल्ला कार्यसमिति बैठकले गरेको छ ।

सभापति तीर्थ लामाका अनुसार, सोही समयमा पार्टीका टोल समिति सम्म पूर्णता नपाएको भए पूर्णता दिने, भातृ तथा शुभेच्छुक संस्था गठन एवं विस्तार समेत हुनेछ ।

बैठकले जिल्लामा गठन भएका विभिन्न शाखाले पूर्णता पाएकाले सदस्यहरुलाई मनोनयन पत्रसहित प्रशिक्षण दिने पनि तय गरेको छ ।

जिल्ला कार्यसमितिको आगामी बैठक बेथानचोकमा बस्ने निर्णय भएको सचिव माधव ढकालले जानकारी दिए ।

बैठकले खानीखोलाका लालबहादुर थिङलाई आमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस