नमोबुद्धमा बाल सञ्जालका पदाधिकारीलाई बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार मा प्रकाशित १७९ पटक पढिएको
नमोबुद्धमा बाल सञ्जालका पदाधिकारीलाई बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण

भकुण्डेवेशी /  बालमैत्री स्थानीय तह घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले बालक्लव सञ्जालका पदाधिकारीहरुलाई बालमैत्री स्थानीय शासनबारे क्षमता अभिवृद्धि गर्न अभिमुखिकरण गरेको छ ।

मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले बालअधिकार र कर्तव्य, बालमैत्री स्थानीय शासन, बाल संरक्षण, सहभागिता र क्षमता विकासका विषयमा सत्रहरू संचालन गरेका थिए ।

नमोबुद्ध नगर बालसञ्जाल संयोजक निरज अधिकारीको संयोजनमा भएको कार्यक्रममा नगर, वडा र विद्यालयस्तका बाल समूहका १७ जना वालिकासहित ३२ जनाको सहभागिता थियो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले बालमैत्री नगर बनाउनका लागि आवश्यक सबै काम गरिरहेको बताए । प्रमुख लामाले केही वडा बालमैत्री घोषणाका लागि तयार भइ सकेपनि वाँकी वडा बालमैत्रीका सूचकहरू पुरा गर्न लागि परेको बताए ।

नगर प्रवक्ता समेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष टिकाबहादुर केसीले बालक्लवहरूलाई समस्या र सहयोगका लागि आ–आफ्नो वडामा सम्पर्क गर्न सकिने बताए ।

प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बालवालिकामा लगानी गर्न सकिए मात्र भविश्य सुन्दर हुने उल्लेख गरे ।

महिला तथा बालवालिका शाखा प्रमुख तारादेवी सुनुुवारले बालमैत्री नगर घोषणाका लागि हालसम्म गरिएका कामहरूका विषयमा जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस