बनेपामा श्रमिकहरुको पेशागत सुरक्षाबारे अभिमुखिकरण

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित १४४ पटक पढिएको
बनेपामा श्रमिकहरुको पेशागत सुरक्षाबारे अभिमुखिकरण

बनेपा /  जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले बनेपामा श्रमिकहरुको पेशागत स्वास्थ्य सम्वन्धमा अभिमुखिकरण तथा अन्तरक्रिया गरेको छ ।

सुर्यविनायक– साँगा–धुलिखेल सडकमा कार्यरत इञ्जिनियर, सुपरभाइजर, श्रमिकलाई काम गर्दा अपनाउनु पर्ने सावधानी, हुन सक्ने स्वास्थ्य जोखिम, कार्य समय आदि बिषयमा अन्तरक्रिया गरिएको जनस्वास्थ्य अधिकृत आमूल प्रधानले जानकारी दिए ।

कार्यक्रमका ८४ जना सहभागीलाई पेशागत सुरक्षाका विज्ञ युवराज भट्ट, जनस्वास्थ्य अधिकृत प्रधान, सुर्यविनायक– साँगा–धुलिखेल सडक आयोजनाका इञ्जिनियर रविन्द्रकुमार श्रेष्ठ लगायतले अभिमुखिकरण गरेका थिए ।

कार्यक्रममा धुलिखेल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनन्तकृष्ण श्रेष्ठ, जनस्वास्थ्य कार्यालयका सुरेन्द्रकुमार मल्ल लगायत सहभागी थिए ।

जनस्वास्थ्य कार्यलयले विभिन्न स्थानीय तहमा पेशागत सुरक्षाबारे अभिमुखिकरण सञ्चालन गरिरहेको छ । शनिवार पनौतीमा अभिमुखिकरण गरिने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस