‘फोहोर टिप्न’ जनप्रतिनिधी, कर्मचारी, बालबालिका एकैसाथ सडकमा

सचेतनतामूलक सडक नाटक पनि देखाइयो
नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार मा प्रकाशित १०९ पटक पढिएको
‘फोहोर टिप्न’ जनप्रतिनिधी, कर्मचारी, बालबालिका एकैसाथ सडकमा

भकुण्डेवेशी / बुधवार सबेरै नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहितका कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, विभिन्न विद्यालयका बाललबालिकाहरु एकैसाथ भकुण्डेवेशी बजारमा फोहोर टिप्दै गरेका भेटिए ।

विश्व वातावरण दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको ससरसफाई कार्यक्रममा सबैले एक साथ फोहोर टिपेका हुन् । भकुण्डेवेशी चोकमा जम्मा भएर टोलीले बजार क्षेत्रमा ‘सन्देश दिने हिसाव’ले फाहोर संकलन गरेका थिए ।

बढ्दो फोहोरमैला, वायु प्रदुषण र वातावरणमा परेको असरबारे लेखिएका प्लेकार्डसहित सहभागीले बजार परिक्रममा परेका थिए ।जनक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सचेतनामूलक सडक नाटकका साथै नृत्य प्रस्तुत गरेका थिए ।

सरसफाईपछि आयोजित कार्यक्रममा नगर प्रमुख कुनसाङ वी.पी राजमार्गको भाग समेत पर्ने भकुण्डेवेशी बजार सफा राख्ने नगरपालिकाको अभियानमा साथ दिन सबैमा अनुरोध गरे ।

वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले नगरपालिकाको सरसफाई अभियानमा बजारका पसल, व्यापारीको सहभागिता नदेखिएको भन्दै अभियानलाई साथ दिएर सरसफाई नगरे कार्वाही, जरिवाना गर्ने चेतावनी दिए

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले दिवसको अवसर पारेर आयोजित सरसफाई निरन्तरता हुने प्रतिवद्धता जनाए ।

वातावरण अधिकृत सन्तोष काफ्लेले विगतका बर्षभन्दा फरक तरिकाले दिवस मनाउन सडक नाटक लगायतका कार्यक्रम गरिएको बताए ।

सरसफाई पछि सव डिभिजन कार्यालयको सहकार्यमा जनक माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस