एमालेलाई बदनाम बनाउन विभिन्न शक्तिहरु लागेका छन् : ओली

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित ७५ पटक पढिएको
एमालेलाई बदनाम बनाउन विभिन्न शक्तिहरु लागेका छन् : ओली

धुलिखेल / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आफ्नो बदनाम गर्न विभिन्न शक्तिहरु लागेको तर्क गरेका छन् ।

एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्दै उनले विपक्षीका ती प्रयास सफल नहुने तर्क गरे । ‘एमाले पार्टी र मलाई बनाउन केही शक्तिहरु लागेका छन्, केहीले क्याम्बोडियाको टेलिकममा मेरो ३ हजार करोड लगानी छ भनेर भ्रम फैलाए, अन्तराष्ट्रिय मिडियासम्मले प्रचार गरे, मैले त्यो निकालेर आफै लिनु पनि भने,’ उनले भने, ‘एमाले र मलाई बदनाम गराउन लागेका छन्, त्यो सम्भव छैन ।’

एमाले सदृढ संगठन भएको मजबुद शक्तिको रुपमा उदाएको भन्दै इलाम र बझाङको उपनिर्वाचनको नतिजाले पनि त्यो देखिएको बताए ।

माधवकुमार नेतृत्वमा रहेको एकिकृत समाजवादी प्रति लक्षित गर्दै उनले पार्टीमा अवसर लिएर ‘किर्ना’ भएकाहरु झरेर गएको टिप्पणी गरे ।

एमालेले सबै शक्तिलाई एक ठाउँमा ल्याउने गरी मिसन २०८४ तय गरेको भन्दै पार्टी अधिवेशनमा एकता प्रदर्शन गर्न निर्देशन गरे ।

काभ्रे जिल्ला अधिवेशनमा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धा प्रति संकेत गर्दैै उनले लोकतान्त्रिक अभ्यास गर्न, कुनै पनि हालतमा प्यानल नबनाउन निर्देशन दिए ।

अधिवेशनको उद्धघाटन सत्रमा एमालेका बाग्मती प्रदेश इञ्चार्ज रहेका पोलिट्व्युरो सदस्य गुरु बराल, पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा, काभ्रे इञ्चार्ज रहेका केन्द्रीय सदस्य कृष्ण राई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, जिल्ला अध्यक्ष अशोक व्याञ्जुलगातयले पार्टी संगठन र एमाले अभियानबारे चर्चा गरेका थिए ।

जिल्लाका १ सय ३५ वडा, जनवर्गीय संगठनबाट छनोट भएका करिब ७ सय प्रतिनिधी सहभागी हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस