नमोबुद्धमा उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न तालिम

नौलो समाचार संवाददाता
२०८१ अषाढ ५, बुधबार मा प्रकाशित ३९६ पटक पढिएको
नमोबुद्धमा उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न तालिम

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न तालिम सञ्चालन गरिएको छ ।

नगर युवा परिषद्को आयोजना भएको तालिममा उद्यशीलता, सृजनशीलता, व्यवसाय छनोट, उत्पादन अभ्यास, व्यवसाय व्यवस्थापन, बजार तथा बजारिकरण अवधारणा, उत्पादन योजना, खर्च योजनाका बारेमा अभिमुखिकरण हुनेछ । तालिमकै अवधीमा सहभागीले व्यवसायिक योजना निर्माण, प्रस्तुतिकरणका साथै सफल उद्यमीसंग अन्तरक्रिया समेत गर्नेछन् ।

७ दिन सम्म चल्ने तालिममा औद्यागिक व्यवसाय विकास प्रतिष्ठानका पूर्व निर्देशक समेत रहेका प्रमुख प्रशिक्षक इश्वरी प्रसाद शर्माले सहभागीलाई अभिमुखिकरण गर्नेछन् । ११ वटै वडाबाट कम्तीमा १ महिलासहित २ पुरुष गरी ३३ जना तालिममा सहभागी छन् ।

तालिम उद्धघाटन गर्दै नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले पर्याप्त स्वरोजगार सिर्जना गर्न नगरपालिकाले भूमिका निर्वाह गर्ने भन्दै त्यसको लागि आगामी आर्थिक बर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले युवामा रोजगारी, उद्यमशीलता विकास गर्दै आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै आगामी आर्थिक बर्षमा पर्याप्त बजेट विनियोजन गर्न अनुरोध गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, शिक्षा शाखा प्रमुख कल्पना घिमिरे लगायतले उद्यमशीलता सिर्जना गर्न सके नगर समृद्ध बनाउन सकिने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस