धुलिखेल / जिल्ला बजार अनुगमन समितिले आगामी आर्थिक बर्षदेखि अनुगमनको क्षेत्र फराकिलो गर्ने निर्णय गरेको छ ।
अनुगमन समितिको बैठकले विद्यालय, स्वास्थ्य,पेट्रोलियम पदार्थ, कृषि, भेटरिनरीलगायतका क्षेत्रमा समेत अनुगन गर्ने निर्णय गरेको हो ।
समितिका सदस्य सचिव रहेका उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर ओलीका अनुसार, विषयगत विज्ञहरुको नामावली तयार गरी सबै क्षेत्रका बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको छ । कम्तिमा महिनामा २ पटक सबै स्थानीय तहकाबजारमा सबै पक्षको सहभागितमा बजार अनुगमन गर्ने निर्णय पनि समितिले गरेको छ ।
जिल्लाका सबै स्थानीय तहमा उपभोक्ता अधिकार,कर्तव्य र दायित्वको विषयमा सरोकारवालाहरुसँग सचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ ।
समितिले यो बर्ष जिल्लाको धुलिखेल, बनेपा, पनौती,पाँचखाल, नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसी, मण्डनदेउपुरको कुन्ताबेशी र सिपाघाटबजार, बि पि राजमार्गका होटल तथा पसलहरु, भुम्लु गाउँपालिकाकोे दोलालघाट, सल्ले, चौरीदेउरालीगाउँपालिकाको ढाँडखर्क, कात्तिकेदेउराली बजार, बेथानचोक गाउँपालिकाको ढुंखर्क, पार्थली लगायतका स्थानमा १५ पटक संयुक्त बजार अनुगमन गरेको समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारि दिए ।
सो क्रममा ४ सय ८४ फर्मबाट अनुगमनको क्रममा २ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको सामान बरामद गरिएको र २ लाख २७ हजार ५ सय जरिवाना गरिएको उनले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईंले उपभोक्ता हित संरक्षण गर्न तीनवटै तहका सरकारले कानून बनाएर बजार अनुगमन हुनुपर्ने बताए । अनुगमन पारदर्शी हुनुपर्ने भन्दै उनले त्यसको नाममा कुनै गलत मनशाय राखे कार्वाही गनृुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस