भुम्लु / भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गरेको छ ।
भुम्लु गाउँपालिका भित्रका विद्यालयहहरुबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने १÷१ जना छात्रा र छात्रलाई गाउँपालिकाले नगदसहित सम्मान गरेका हुन् ।
छात्रातर्फ वडा नं १, सापिङको रिठ्ठेस्थित सेतीदेवी माध्यमिक विद्यालयका करिश गिरीले ३ दशमलव ७० सिजिपिए प्राप्त गरी उत्कृष्ट भएका थिए ।
वनदेवी मावि, भुम्लु गाउँपालिका वडा नं ३, बेखसिम्लेकी मिरा श्रेष्ठले ३ दशमलव ३५ सिजिपिए ल्याएर छात्रातर्फ उत्कृष्ट भइन् ।
धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल ३ विद्यालय साथै अध्यापन गर्ने शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई समेत गाउँपालिकाले सम्मान गरेको छ । विद्यालयतर्फ प्रथम हुने शारदा माध्यमिक विद्यालय फलाटे, दोस्रो हुने सेतीदेवी माध्यमिक विद्यालय चौबास र तेस्रो हुने बनदेवी माध्यमिक विद्यालय बेखसिम्लेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद प्रोत्साहन प्रदान गरियो ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), सामाजिक विकास समितिका संयोजक रहेका वडा नं ५ का अध्यक्ष अञ्चल मोक्तान, प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराई लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
गाउँपालिकाको शैक्षिक गुणस्तरमा सुधार र वृद्धि होस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिलाई सम्मान एवं प्रोत्साहन गरिएको उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले जानकारी दिए ।
भुम्लु गाउँपालिकाले गत बर्ष पनि एस.ई.ई मा उत्कृष्ट नतिजा ल्याउनेलाई नगदसहित सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस