बनेपा नगरपालिका वडा नं ६ को महिला मञ्च पुनर्गठन

नौलो समाचार संवाददाता
२०८१ अषाढ २३, आईतबार मा प्रकाशित ३२९ पटक पढिएको
बनेपा नगरपालिका वडा नं ६ को महिला मञ्च पुनर्गठन

बनेपा /  बनेपा नगरपालिका वडा नं ६, बुडोलमा नानुदेवी कुईकेलको नेतृत्वमा वडा महिला मञ्च पुर्नगठन गरिएको छ ।

उपाध्यक्षमा सविना थापा मगर, सचिवमा हिरा दुलाल, कोषाध्यक्ष रमा मिश्र भुजेल, उपसचिवमा रिता न्यौपाने चिमौरियासहित २१ जना सदस्यीय मञ्च पुनर्गठन गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएबमोजिम वडा महिला मञ्च गठन भएको र वडा कार्यालयसंगको सहकार्यमा मञ्चले गतिविधी सञ्चालन गरिरहेको छ ।

पुनर्गठन कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं २ का सांसद गोकूलप्रसाद बास्कोटाले महिला सशक्तिकरण विना मुलुकको विकास संभव नहुने भन्दै सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताए । संघीय सरकारबाट ७५ करोड बजेट विनियोजन हुँदा पनि बनेपामा करिडर बन्न नसकेको भन्दै डुबानको समस्या सोही कारण रहेको बताए । सांसद बास्कोटाले वडा अध्यक्ष सचितानन्द केसीले विकासप्रति देखाएको तदारुकताको प्रशंसा समेत गरे ।

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले वडा नं ६ को विकासको लागि वडाअध्यक्षले तत्परता देखाएको भन्दै आफू सहयोग गर्न तयार रहेको बताए ।

उपप्रमुख विमला सापकोटाले गृहिणीलाई उद्यमी बनाउने कार्यक्रम नगरले सञ्चालन गरिरहेको जानकारी दिँदै मञ्चलाई पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

वडाअध्यक्ष के.सी.ले वडाको विकासमा सहकार्य गर्न वडा महिला मञ्च गठन गरिएको जानकारी दिँदै विकासको लागि पहल गर्न सबैमा अनुरोध गरे । वडाको विकासमा सांसद बास्कोटाले सहयोग गरेको भन्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गरे ।

वडा सदस्य लालकृष्ण तिमल्सिनाले गरेको कार्यक्रममा पुर्व वडाध्यक्ष कृष्णबुद्ध बजगाईले शुभकामना मन्तव्य राखेका थिए भने प्राध्यापक भोला के.सी.ले मातृभक्ति सम्वन्धी कविता वाचन गरेका थिए । कलाकार धनपति दाहालको प्रस्तुतीमा स्थानीय छमछम नाचेका थिए ।

प्रतिक्रिया दिनुहोस