चितवन — नारायणगढ मुग्लिन सडकको सिमलताल खण्डमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोले दुईवटा यात्रुवहाक वस बगाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।
उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) भावेश रिमालले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रहेका प्रहरी नायव उपरिक्षक (डीएसपी) भेषराज रिजाल अनुसार, दुई बस बगेको जानकारी आएपनि एउटा बसको केही भाग देखिएको छ ।
सोही सडक खण्डको १७ किलोमा बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ वि.कको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस