तालढुंगाका सबै घरधुरीमा खानेपानी

नौलो समाचार संवाददाता
२०८१ भाद्र २, आईतबार मा प्रकाशित १५४ पटक पढिएको
तालढुंगाका सबै घरधुरीमा खानेपानी

खानीखोला – खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगाका सबै घरधुरीमा एक घर एक धारा निर्माण गरी खानेपानी सञ्चालनमा ल्याइएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमति प्रदेश कार्यालय सिन्धुली र गाउँपालिकाको साझेदारीमा जनश्रमदान समेत गरी १ करोड ६ लाखको लागतमा वडा नं ५ का १ सय ४१ घरधुरीमा गैरिखोला तालढुङ्गा खानेपानी आयोजना सम्पन्न गरी खानेपानी सञ्चालनमा ल्याइएको हो ।

४ सार्वजनिक स्थानमा धारा निर्माण गरिनेछ । मुहान संरक्षणसहित पानी वितरण गर्न ट्यांकी, धारा, वितरण लाइन लगायतका संरचना निर्माण गरिएको छ ।

खानेपानी आयोजना उद्धघाटनमा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले मानव जीवनमा खानेपानी महत्वपूर्ण रहेको भन्दै ७ वटै वडामा एक घर एक आधारको अवधारणासहित अघि बढ्ने बताए । खानेपानी संरचनाको संरक्षणसहित प्रयोग गर्न उनले अनुरोध गरे ।

१ बर्षमा सम्पन्न गर्ने गरी २०८० साल साउन १ गते सम्झौता भएको थियो ।

घर–घरमा नै खानेपानी भएपछि तालढुंगाका स्थानीय खुशी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस