नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने

नौलो समाचार संवाददाता
२०८१ भाद्र ८, शनिबार मा प्रकाशित ९७ पटक पढिएको
नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने

काभ्रे । नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ ।

भदौ १६ गते बनेपामा साँस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाउन लागेको हो ।

जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीका विभिन्न संरचना, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध महिला दिदिबहिनी एवं जनप्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम गर्ने निर्णय गरेको सचिव गुणराज मुक्तानले जानकारी दिए ।

ख्यातिप्राप्त, चर्चित कलाकारहरूको प्रस्तुती रहने कार्यक्रममा नेपाली कांग्रेस काभ्रेले सहभागीताको लागि सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस