बालबालिकाको प्रतिभा प्रष्फुटन गर्न ‘सेण्टलम आइकन–२०८१’

नौलो समाचार संवाददाता
२०८१ भाद्र २०, बिहिबार मा प्रकाशित ३५५ पटक पढिएको
बालबालिकाको प्रतिभा प्रष्फुटन गर्न ‘सेण्टलम आइकन–२०८१’

श्रीखण्डपुर / बालबालिकाका प्रतिभा प्रष्फुटन गर्न श्रीखण्डपुरस्थित सेण्टलम एल्बम एकेडमीले पहिलोपटक ‘सेण्टलम आइकन–२०८१’ गरेको छ ।

गायन, नृत्य र चित्रकला विधामा भएको प्रतियोगिताको फाइनलमा विभिन्न चरण पार गरेका ९४ जनाले प्रतिष्पर्धा गरेका थिए ।

नृत्यतर्फ काजल सेन्चुरी सेन्टलम लिटिल आइकन घोषित भइन् । रूक्सना कोइराला फष्ट रनर अप र मानवी क्षेत्री सेकेण्ड रनरअप भए ।

नृत्यतर्फ नै प्रवेशिका रेग्मी सेन्टलम सिनियर आइकन घोषित भइन् । सलिना तामाङ जुनियर विजेता भइन् । मोष्ट एकटिभ डान्सको उपाधी जेनिशा रेग्मी, बेष्ट डान्स कम्पोजिसन प्रिती ठाकुर र बेष्ट पर्फरमेन्स अनिशा तामाङले पाए ।

चित्रकलातर्फ सेन्टलम लिटिल ड्रइङ आइकन शिभम् कुमार रामले जिते । अनमोल श्रेष्ठ बेष्ट कम्पोजिसन र युसुफ थिङले बेष्ट क्रियशन उपाधी पाए ।

सिनियरतर्फ सेन्टलम ड्रइङ आइकनको उपाधी एलिशा वादीले जितिन् । मोहिशा श्रेष्ठले वेष्ट क्रियशन, राज रानामगरले बेष्ट कम्पोजिसन र कुशल श्रेष्ठले बेष्ट स्केच, श्रीजीत थापा बेष्ट कलर र आयान दाहालले बेष्ट आउटलाइन उपाधी पाए ।

सेन्टलम सिङ्गिङ आइकनतर्फ सलिना शाही ठकुरी विजेता बनिन् । रितिका श्रेष्ठ फष्ट रनर अप, प्रतिक्षा तामाङ सेकेण्ड रनर अप घोषित भए भने बेष्ट भोकलको उपाधी दृष्टि तिमल्सिनाले पाइन् ।

नृत्य निर्देशक नरेन्द्र कोइराला र गायिका योजना खड्गीले निर्णायकको भूमिका निभाएका थिए ।

विजेताहरुलाई विद्यालय सञ्चालक समितिका उपाध्यक्ष सुरज श्रेष्ठ, कोषाध्यक्ष भवसागर रंजितलगायतले ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।

प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले स्वागत गरेको कार्यक्रमको सभापतित्व नृत्य शिक्षक इश्वर थापा, चित्रकला शिक्षक सहायक कर्माचार्य र गीत संगित शिक्षक सुरेन्द्र श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथी विद्यालयको सास्कृतिक क्लवका क्याप्टेन करुणा जि.सी थिइन् ।

विद्यालयले सोही दिन अभिभावक आमाहरुको लागि तिज बिशेष कार्यक्रम पनि गरेको थियो । विद्यालयले प्रत्येक वर्ष तिज बिशेष कार्यक्रम गर्दै प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले आएको जानकारी दिए ।

कार्यक्रममा लभ एण्ड होप, स्वीडेनका कन्ट्री डाइरेक्टर जोहानेस अल्फेन, डाइरेक्टर लिनिया अल्फेन, युलिया, प्रोगाम डाइरेक्टर हरिचन्द्र खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतका सञ्चारकर्मीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस