फोनिज काभ्रेपलाञ्चोकको अध्यक्षमा इन्द्रबहादुर थापा सर्वसम्मत

नौलो समाचार संवाददाता
२०८१ पौष २७, शनिबार मा प्रकाशित ११७ पटक पढिएको
फोनिज काभ्रेपलाञ्चोकको अध्यक्षमा इन्द्रबहादुर थापा सर्वसम्मत

धुलिखेल / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेपलाञ्चोकको अध्यक्षमा पुनः इन्द्रबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

६ औं जिल्ला अधिवेशनले थापामगरकै नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा भेषराज दनुवार, सचिवमा सनम सुवाल, सहसचिवमा विपासना शाक्य र कोषाध्यक्षमा धनबहादुर (डिबी) लामा छन् । सदस्यहरूमा चेतबहादुर माझी, चन्द्रबहादुर लामा, सन्देश घले र अशोकबुद्ध लामा छन् ।

अधिवेशनको उद्घघाटनमा पत्रकार मानकाजी सुवाललाई सम्मान गरिएको थियो । कृयाशिल फोनिजकर्मीको रुपमा नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित फोनिजका संघीय अध्यक्ष गजुरधन राईले उनलाई सम्मान गरेका थिए ।

फोनिज काभ्रेले आफ्ना सदस्यको क्षमता अभिवृद्धि लगायतका कार्यमा सहयोग गरेको भन्दै रोशी गाउँपालिकालाई पनि कदरपत्र प्रदान गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस