डढेलो व्यवस्थापन गर्न कार्ययोजना बनाउने सरोकारवालाहरुको निर्णय

नौलो समाचार संवाददाता
२०८१ माघ १८, शुक्रबार मा प्रकाशित ५८ पटक पढिएको
डढेलो व्यवस्थापन गर्न कार्ययोजना बनाउने सरोकारवालाहरुको निर्णय

धुलिखेल / जिल्लामा डढेलो व्यवस्थापन गर्न कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकले निर्णय कार्यान्वयनका लागि जिल्ला विपद व्यवस्थापन समितिबाट सहयोग र अनुगमन गरिने निर्णय गरेको हो ।

बैठकले सबै स्थानीय तहले आ–आफ्नो कार्य क्षेत्रमा डढेलो व्यवस्थापनका लागि वन डढेलो सम्बन्धी सचेतना कार्यहरू सन्चालन गर्ने सहितको कार्ययोजना बनाइ स्वीकृत गरी कार्यान्वयनमा ल्याउने, डढेलो लगाउने व्यक्ति पहिचान गरी कानुनी कारवाही गर्न सहयोग गर्ने र डढेलो व्यवस्थापनमा वन समूहहरुलाइ सहयोग गर्ने निर्णय गरेको छ ।

वन समूहहरुले सदस्यहरुलाई डढेलो सचेतना सम्बन्धी प्रशिक्षण दिने, वन क्षेत्रमा अग्नी रेखा निर्माण गर्ने, डडेलो व्यवस्थापनका लागि गरिने अन्य कार्य र डढेलोबाट मानवीय, धन सम्पत्ति तथा जीवजन्तुको क्षति भएमा सो को व्यवस्थापन विपद व्यवस्थापन समितिको सकृयतामा स्थानिय, प्रदेश र संघीय सरकार मार्फत गरिने निर्णय भएको डिभिजनल वन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए ।

वन क्षेत्र समन्वय समितिको प्रमुख समेत रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमको अध्यक्षतामा भएको बैठकमा नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक वन उपभोक्ता समुह, नेपाल वन पैदावार व्यवसायी संघ लगायतका सरोकारवालाहरुले डढेलो लाग्ने याम शुरु भएकाले नियन्त्रण र व्यवस्थापनको लागि सरोकारवालाविच श्रोत, जनशक्ति, प्रविधी, सूचनामा समन्वय र सहकार्य गर्नुपर्ने तर्क गरे ।


प्रतिक्रिया दिनुहोस