काभ्रेपलाञ्चोकमा बाढी पहिरोको क्षतिबारे पूर्व मन्त्री लामाले प्रदेश सभामा गराए ध्यानाकर्षण (भिडियोसहित)

नौलो समाचार संवाददाता
२०८१ माघ २३, बुधबार मा प्रकाशित १३४ पटक पढिएको
काभ्रेपलाञ्चोकमा बाढी पहिरोको क्षतिबारे पूर्व मन्त्री लामाले प्रदेश सभामा गराए ध्यानाकर्षण (भिडियोसहित)

हेटौंडा / बागमती प्रदेशका पूर्व मन्त्री समेत रहेका सत्तारुढ नेपाली कांग्रेसका सांसद तीर्थ लामाले बाढी पहिरो प्रभावित क्षेत्रमा सरकारको उपस्थिती फितलो देखिएको तर्क गरेका छन् ।

बुधवार प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका प्रदेश सभा सदस्य लामाले जिल्लामा बाढी पहिरो प्रभावितहरुको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी पहिरोबाट काभ्रेमा खानेपानी, सिंचाई, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा भएका क्षतिको विवरण प्रस्तुत गर्दै आगामी बजेट निमार्ण गर्दा बाढी प्रभावित स्थानीय तहलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए । ‘बाढी पहिरोपछि मुख्यमन्त्री, मन्त्रीहरु सम्बन्धित स्थानीय तहमा पुगेर नागरिकलाई आश्वासन दिनुभयो तर ४ महिना भन्दा बढी समय वितिसक्दा पनि सरकारको उपस्थिती फितलो देखियो,’ उनले भने, ‘म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउदै रुलिङ गर्न अनुरोध गर्दछु ।’

रोशि खोलाको सतह ४ इन्च बढेको भन्दै उनले आगामी बर्षात्को समयमा थप क्षति गर्ने तर्क गरे । विभिन्न स्थानमा रहेका ११ वटा पुल क्षति भएको भन्दै नमोबुद्ध र रोशी गाउँपालिका जोड्ने मोटरेबल पुल निर्माण तत्काल थाल्न पनि अनुरोध गरे ।

नागरिकको समस्या सुन्ने अवस्था बनेन भने जनतामा वितृष्ण पैदा हुने भन्दै त्यसले विद्रोह जन्मने तर्क गरे ।

 

प्रतिक्रिया दिनुहोस