काभ्रे जिल्लाका स्थानीय तहमध्ये कार्यसम्पादनमा बनेपा पहिलो

नौलो समाचार संवाददाता
२०८१ फागुन २, शुक्रबार मा प्रकाशित ७२ पटक पढिएको
काभ्रे जिल्लाका स्थानीय तहमध्ये कार्यसम्पादनमा बनेपा पहिलो

काभ्रे । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ७ सय ५३ वटै स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । वित्त आयोगले आर्थिक वर्ष ०८०/८१ मा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार, काभ्रे जिल्लाका १३ स्थानीय तहमध्ये बनेपा नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेर जिल्लामा पहिलो भएको छ । विभिन्न १७ सूचकका आधारमा गरिएको मूल्यांकनमा बनेपाले ७८ अंक प्राप्त गरेर पहिलो भएको छ । ७३ अंक प्राप्त गरेको पनौती नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ ।

रोशी गाउँपालिका जिल्लाभरमा तेस्रो र गाउँपालिका मध्येमा पहिलो भएको छ । रोशीले ७० दशमलव १ अंक प्राप्त गरेको छ ।

धुलिखेल नगरपालिकाले ६९ दशमलव ३ अंक, खानिखोला गाउँपालिकाले ६२ दशमलव ३, महाभारत गाउँपालिकाले ६१ दशमलव १, बेथानचोक गाउँपालिकाले ६० दशमलव ९, मण्डनदेउपुर नगरपालिकाले ५७ दशमलव ७, पाँचखाल नगरपालिकाले ५७ दशमलव ६, नमोबुद्ध नगरपालिकाले ५६ दशमलव ३, भूम्लु गाउँपालिकाले ५५ दशमलव ४, तेमाल गाउँपालिकाले ५३ दशमलव १ र चौरीदेउराली गाउँपालिकाले ५२ दशमलव ९ अंक प्राप्त गरेका छन् ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस