बनेपा / बनेपा नगरपालिका वडा नं ८ मा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कुलले २४औं वार्षिकोत्सव (विद्यालय दिवस) सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।
अभिभावक दिवससहितको कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले नृत्य, गायन लगायतका कला प्रस्तुत गरेका थिए ।
विभिन्न कृयाकलाप र परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत समेत गरियो । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का उपमहासचिव भिमसेन के.सी., काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष श्यामबहादुर भुजेल, विद्यालय निर्देशक कृष्ण भण्डारी (शिशिर), प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठ लगायतले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८० उर्तीण विद्यार्थीहरुलाई सोही अवसरमा विदाई समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस