भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ३ का सुत्केरीहरुलाई अत्यावश्क सामाग्री प्रदान गरिएको छ ।
वडा अध्यक्ष रमेश तिवारीले सोमबार वडाका विभिन्न टोल, बस्तीका महिलाहरुलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।
सुत्केरीहरुलाई सहयोग गर्ने उद्धेश्यले हस्तान्तरण गरिएको भन्दै अध्यक्ष तिवारीले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरे । समुदायमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न मद्दत पुग्ने पनि उनले विश्वास व्यक्त गरे ।
अध्यक्ष तिवारीले वडा कार्यालयमार्फत विभिन्न समयमा यस्ता सहयोग र रचनात्मक कृयाकलाप गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस