किड्स क्यासलको अभिभावक दिवसमा हजुरबुबा–हजुरआमालाई सम्मान

नौलो समाचार संवाददाता
२०८१ फागुन २४, शनिबार मा प्रकाशित ११८ पटक पढिएको
किड्स क्यासलको अभिभावक दिवसमा हजुरबुबा–हजुरआमालाई सम्मान

बनेपा / बेलर इन्टरनेशनल मन्टेश्वरी किन्डरगार्टेन ‘किड्स क्यासल’ले स्थापना दिवसको अवसरमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीका हजुरबुबा–हजुरआमालाई सम्मान गरेको छ ।

१४ औं स्थापना दिवसको अवसरमा आयोजित सास्कृतिक प्रस्तुतीसहितको कार्यक्रममा ती विद्यार्थीका हजुरबुबा–हजुरआमालाई दोसल्ला, उपहारसहितले सम्मान गरिएको हो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बेलर इन्टरनेशनल स्कुल सञ्चालक समितिका अध्यक्ष भोला थापा, प्रबन्ध निर्देशक इन्दु थापा, किड्स क्यासलका प्रिन्सिपल सविना प्रजापति लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले बालबालिकालाई अहिले नै संस्कार सिकाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदुकमार न्यौपानेले बेलरले संस्कारसहितको शिक्षा दिइरहेको तर्क गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले विद्यालयले बालबालिकाको सर्वाङ्गिण विकासमा जोड दिएको बताए ।

प्रिन्सिपल सविना प्रजापतिले बालबालिकालाई व्यवहारिक सिप, नैतिक शिक्षा र सांस्कृतिक पक्षबारे जानकारी दिने उद्धेश्यले प्रत्येक बर्ष यस्ता कार्यक्रम आयोजना गरेको बताइन् ।

कार्यक्रममा विद्यार्थी साइना रञ्जित लगायतले शिक्षा र संस्कारको लागि अभिभावकको महत्वबारे चर्चा गरे ।

विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले गायन, नृत्य, संगित लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस