माउण्ड भ्यु स्कुलको अभिभावक दिवसमा नगर प्रमुख व्याञ्जु सम्मानित

नौलो समाचार संवाददाता
२०८१ फागुन २४, शनिबार मा प्रकाशित ३५ पटक पढिएको
माउण्ड भ्यु स्कुलको अभिभावक दिवसमा नगर प्रमुख व्याञ्जु सम्मानित

धुलिखेल / माउन्ट भ्यू इङ्गलिस बोर्डिङ्ग स्कुल धुलिखेलको ४० औं अभिभावक दिवसको अवसरमा नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठलाई सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा नगरपालिकाको छवि बनाएको भन्दै स्कुलले सम्मान गरेको हो । माध्यमिक शिक्षा परिक्षा (एसइइ) उर्तिण विद्यार्थीहरुको सम्मान र विदाई गर्न समेत आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमी व्याञ्जु श्रेष्ठ लगायतले उनलाई सम्मान गरेका हुन् ।

विद्यालयले उत्कृष्ट अभिभावकहरुलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा नगर प्रमुख व्याञ्जुले महंगो हुँदै गएको शिक्षा र यसको व्यवस्थापना र सुलभताको लागि नीजि क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताए ।

धुलिखेल वडा नं ७ का अध्यक्ष समेत रहेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोमीप्रसाद ब्याञ्जुले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सोचका साथ चार दशक अघि नीजि क्षेत्रको विद्यालय स्थापना गरेको बताए ।

प्रिन्सिपल मुक्ति रिजालले शैक्षिक सत्रमा भएका कृयाकलाप र आगामी बर्षका योजना जानकारी गराएका थिए ।

विद्यार्थीले विभिन्न सास्कृतिक नृत्य, गायनलगायत प्रतिभा प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस