बनेपा / बनेपामा रहेको इशा मेमोरियल स्कुलले स्थापनाको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
आइतबार बनेपामा आयोजित कार्यक्रममा विभिन्न कक्षा उर्तीर्ण विद्यार्थीहरुको दिक्षान्त एवं पुरस्कार वितरण समेत गरियो । विद्यालयले माघ २४ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन गरेको खेलकुद सप्ताहमा उत्कृष्ट हुने बालबालिकालाई पुरस्कृत गरियो ।
वरिष्ठ साहित्यकार मोहन दुवाल, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, स्कुल सञ्चालक समितिका अध्यक्ष सुर्यप्रभा साक्य लगायतले उनीहरुलाई पुरस्कृत गरेका थिए ।
कार्यक्रममा बालबालिकाले नृत्य, गायन कला प्रस्तुत गरेका थिए ।
नीजि तवरबाट कक्षा ५ सम्म सञ्चालित विद्यालयमा २ सय ५० विद्यार्थी अध्ययनरत रहेको प्रवन्ध निर्देशक नारायण जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस