काभ्रे क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको माहोल, अखिलबाट सभापति उम्मेदवारले कार्यतालिका च्याते

नौलो समाचार संवाददाता
२०८१ चैत्र १, शुक्रबार मा प्रकाशित ५२८ पटक पढिएको
काभ्रे क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको माहोल, अखिलबाट सभापति उम्मेदवारले कार्यतालिका च्याते

बनेपा / चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन हुने काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको पक्षमा माहोल देखिएको छ । विद्यार्थीहरु नेपाल विद्यार्थी संघका तर्फबाट सभापतिका उम्मेदवार रोहिन पराजुली र उनको टिमलाई जिताउन लागि परेका छन् ।

रोहिनको टिमबाट सचिवमा तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर, सन्ध्या गिरी र सुनिता गुँइत छन् । सन्ध्या र सुनिता नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्वियूका हुन् । काभ्रे क्याम्पसमा नेविसंघ र अनेरास्वियूले गठबन्धन गरेका छन् । समानुपातिकतर्फ सुवास दाहाल, सदिप श्रेष्ठ, सोभन दाहाल, विश्वनाथ घिमिरे, ब्रिजेन के.सी, अञ्जान श्रेष्ठ र सज्जन के.सी. धिताल छन् ।

काभ्रे बहुमुखी क्याम्पसमा यसअघि पनि नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् । २०३९ सालमा भएको निर्वाचनमा नेविसंघका मणिराज श्रेष्ठ, २०४९ सालमा अशोक शाक्य निर्वाचित भएका थिए । २०६५ सालमा भएको निर्वाचनमा नेविसंघका उपसभापति, सचिव, कोषाध्यक्ष र बहुमत सदस्यसहितको कार्यसमिति निर्वाचित भएको थियो ।

यता, एमाले निकट अनेरास्वियुबाट उम्मेदवार बनेका मिलनकुमार गौतमले निर्वाचन कार्यतालिका नै च्यातेका छन् । दुई विद्यार्थीले अखिलको तर्फबाट दिएको उम्मेदवारी फिर्ता लिँदा ‘हारको मानसिकता’ले निर्वाचन कार्यतालिका च्यातेपछि निर्वाचन समितिले स्पष्टीकरण नै सोधेको छ ।

नेविसंघको जित सुनिश्चित भएपछि हारको मानसिकताले निर्वाचन बिथोल्न खोजिएपनि आफूले संयमित भएर निर्वाचन सफल बनाउन लाग्ने नेविसंघका उम्मेदवार रोहिन पराजुलीले बताए । ‘‘शैक्षिक क्षेत्र बाहुबल प्रयोग गर्ने थलो होइन, यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो भनेर वी.पी.कोइरालाले भनेका छन्,’ उनले भने, ‘हामी सम्यमतापूर्वक शैक्षिक वातावरण नविथोलिने गरी नेतृत्व स्थापित गर्न लागेका छौं ।’

कृषि अनुदान अनियमिततामा मुछिएका, आन्दोलन मात्रै गरेर क्याम्पसको प्राज्ञिक वातावरण विगार्न भूमिका खेल्ने र अराजकता प्रदर्शन गर्नेलाई विद्यार्थीको नेता बनाउन नहुने भन्दै नेविसंघका उम्मेदवारलाई जिताउने विद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस