हेटौंडा/ नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र वादे नियुक्त भएका छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानिया बानियाँ नेतृत्वको सरकारमा आर्थिक मामिला वा अन्य कुनै मन्त्रालयको दाबी गरिरहेका नेपाली कांग्रेस बागमतीका महामन्त्री वादेलाई मुख्य सचेतक नियुक्त गरेर व्यवस्थापन गरिएको हो ।
तत्कालीन मुख्यमन्त्री एवं दलका नेता बहादुर सिंह लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका कांग्रेसका मुख्य सचेतक गोविन्द लम्सालले मन्त्री पदको सपथ लिन नपाएपछि मुख्य सचेतक पदबाट समेत राजीनामा दिएकाले उक्त पद रिक्त थियो।
दलको सदस्य सचिवमा पूर्व खेलकुद मन्त्री मिनकृष्ण महर्जन नियुक्त भएका छन्। दलको सदस्य सचिव रहेका सिन्धुपाल्चोक बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समिर) खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री नियुक्त भएपछि उक्त पद रिक्त थियो।
कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामालाई अविश्वासको प्रस्ताव को पक्षमा खुल्न तत्कालीन खेलकुद मन्त्री मिनकृष्ण महर्जनले राजीनामा दिएका थिए ।






प्रतिक्रिया दिनुहोस