मुख्यमन्त्री बानियाँले दिए बागमती प्रदेश सरकारलाई पूर्णता

नौलो समाचार संवाददाता
२०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३२४ पटक पढिएको

मुख्यमन्त्री बानियाँले दिए बागमती प्रदेश सरकारलाई पूर्णता

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् ।

आफ्नो जिम्मेवारीमा रहेका ५ मन्त्रालयमा मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री बानियाँले १४ सदस्यीय मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् ।

शुक्रवार आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभातकुमार तामाङ, सामाजिक विकास मन्त्रालयमा कञ्चनचन्द्र बादे, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बिनु रायमाझी, संस्कृति तथा पर्यटन मन्त्रालयमा सुरेश श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयमा उर्मिला केसीलाई मन्त्री नियुक्त गरिएको हो । पछि जिम्मेवारी तोकिने गरी मन्त्री नियुक्त गरिएका शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।

नवनियुक्त ५ मन्त्रीले शुक्रबार नै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासंग पद तथा गोपनीयताको शपथ खाएका थिए ।

बागमतीका १४ मन्त्रालय मध्ये एमालेले पाएको ६ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसका तर्फबाट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ (समिर) ले सपथ ग्रहण गरेका छन् ।

नेपाली कांग्रेसकै बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव पारित गरी दलको नेता हटाएर लामा नेतृत्वको सरकार विस्थापित गरेर साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले गत मंगलबार बागमती प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् । १ सय १० सदस्यीय प्रदेश सभामा उनले ६३ मत प्राप्त गरेका थिए । यसअघि नियुक्त गरेका ३ मन्त्रीलाई सपथ ग्रहण गराउने सहमति पछि बहादुर सिं लामा पक्षमा सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

 






प्रतिक्रिया दिनुहोस